अब म यो ब्लगमा हुनेछु ।
www.awiral.blogspot.com
सागर रहेछ मन पीडा अट्ने कतिकति
भन्न पनि नसकिने ब्यथा सबै सहेजति ।
बहकिए मन त्यसै नसकिने हाँस्नलाई
पीडा बढेँ मन भित्र गाह्रो हुने बाँच्नलाई
मन रोए आँखाबाट आँसु झर्ने कतिकति
भन्न पनि नसकिने ब्यथा सबै सहेजति ।
फूल हाँस्दा आँसु झर्ने मन दुःखी हुँदा
जीवन जिउँन साह्रो हुने मन सधैँ रुँदा
दुःखी हुँदा मन कुरा खेल्ने कतिकति
भन्न पनि नसकिने ब्यथा सबै सहेजति ।
![]()
घात भयो मायामा तर तिमीलाई दोष दिन्न म
लिलामीमा राख्यौ तिमीले सक्दिन माया किन्न म ।
बदनाम मेरो समाजमा तिमी चोखो भयौ
मर्ने बाँच्ने सँगै भन्थ्यौ तर तिमी भुलि गयौ
एक पागलप्रेमी तिम्रो नजरमा भिन्न म
घात भयो मायामा तर तिमीलाई दोष दिन्न म ।
जित्दै जाऊ जीवनमा हार मै खपुला
हाँसी खुसी रमाउनू पीर-व्यथा मै सहुँला
पराईसँग हिड्दा तिमी भाछैन खिन्न म
मेरै गल्ति माया गर्नु तिमीलाई दोष दिन्न म ।
![]()
Foto:Dreamstime.com
प्रीतिका कुरा गरी झुक्याई मलाई छाड्यौ
जीवनभर तड्पाएर जिउँनु मर्नु पार्यौ ।
जिन्दगीको सार सम्झेँ आफ्नै मुटु मानेँ
कति स्वार्थी रहेछौ यति चाँडै भूलि जाने
सुन चाँदीमा दाज्यौ माया झुक्याई मलाई छाड्यौ
जीवनभर तड्पाएर जिउँनु मर्नु पार्यौ ।
नरुनू तिमी जीवनमा हाँसी खुसी रहनू
म त सधैँ तिम्रै नै हुँ पराई तिमी नहुनू
बिश्वासमा घात गरी झुक्याई मलाई छाड्यौ
जीवनभर तड्पाएर जिउँनु मर्नु पार्यौ ।
जुनजस्तो मुहार त्यो हेरिरहूँ लाग्यो
सयौ जुनी अंगालोमा बेरिरहूँ लाग्यो
खोट कहीँ देख्दिन म सुन्दर रुपरङ्ग
प्रीति गाँस्न आतुर छु है मनको रानीसँग
मनको कुरा भन्न उनलाई पत्र कोरु लाग्यो
सयौ जुनी अंगालोमा बेरिरहूँ लाग्यो ।
कति राम्री हुन्थिन् होला खालि सिउँदो भर्दा
डर लाग्छ मलाई देखि तिमी पर सर्दा
गाँजलु त्यो आँखाभित्र बसिरहूँ लाग्यो
सयौ जुनी अंगालोमा बेरिरहूँ लाग्यो ।
![]()
तिमी फूल हौ म चाहान्छु बन्न तिम्रै माली
साँचो माया गर्छु कसम नठान है जाली ।
एक्लै जिउन गाह्रो हुन्छ सोच वैँश छदै
एकलकाटे जिन्दगी बज्दैन एक हातले ताली ।
भन्छौ अरे उसले भन्दा बढी माया गर्छु म
सत्य माया गर्छौ भने भागिरहन्छौ किन खाली ।
लड्न तयार छु दुष्ट समाजसँग नडराऊ तिमी
एटम भन्दा माया हुन्छ सधैँ शक्तिशाली ।
कुरा बुझी तारा बनि छाइदेऊ गगनभरि
उराठ लाग्दो जीवन मेरो बनाईदेऊ हरियाली ।
![]()
पत्थर होइन मेरो मुटु पनि किन दुखाउँछौ
साउने झरी भए मेरा नयनहरु किन रुवाउँछौ
भनेकै हु मैले अव दुई मुटु एउटै भए
सँगै जिउँछौ हामी सधैँ धर्ती आकाश रहे
मेरो कुरा नबुझी किन मेरो खिल्लि उडाउँछौ
साउने झरी भए मेरा नयनहरु किन रुवाउँछौ
रुवायौ तिमीले मलाई सधैँ मेरो आँशु लाग्ला है
जतन गरी राख आफ्नो खुसी कतै टाढा भाग्ला है
आँशुमै डुबाइ मलाई मेरो शत्रु किन हसाउँछौ
साउने झरी भए मेरा नयनहरु किन रुवाउँछौ
तारा टिपी हैन नटुट्ने माया दिउँला तिमीलाई
जीवनमा आइदेऊ सक्दिन तिमीविना बाँच्नलाई ।
नओइलिने माया गर्छु लाखौलाख जुनीसम्म
अन्तहीन यात्रा सँगै गरौं भौतिक शरीर रहेसम्म ।
तिमी विना मेरो जीवन जूनविनाको रात जस्तो
अप्सरा झैं राम्री तिमी मखमली फूलजस्तो ।
कहिँलेकाहीँं रिसाइदिदा कान्छी भनि बोलाउँला
बाध्यताले टाढा भएँ भने सम्झिएर फर्कि आउँला ।
साभार:क्षितिजपरबाट
![]()
न आफ्नो भन्न सकेँ न पराई ठान्न सकेँ
सपना हो कि विपना हो आज अर्कैसँग देखेँ ।
जीवन भन्नु वग्ने पानी आँसुको मूल रहेछ
प्रीति गाँस्नु झुटको खेति आफैँलाई मार्नु रहेछ
न पराई हुन सकेँ न उसको बन्न सकेँ
सपना हो कि विपना हो आज अर्कैसँग देखेँ ।
छल्क्यो पानी आँखाबाट पीडा बढ्दै गएपिछ
मेरो भन्नु रहेन आफ्नो भन्ने पराई भएपिछ
न खुसी भई वाँच्न सकेँ न पीडा भूलि हाँस्न सकेँ
सपना हो कि विपना हो आज अर्कैसँग देखेँ ।
![]()
पराईसँग उनी हिड्दा चल्यो मनमा हुरी
विति गाका दिनहरु याद आयो फेरि ।
आँसु रोक्न खोज्दा किन झर्छ मूल फुटी
रातभरि जागै हुन्छु सधैँ हुन्छ छटपटी
मेरो मनको राजा भन्दै बस्थिन् बाटो कुरी
विति गाका दिनहरु याद आयो फेरि ।
कसलाई भनु मनको कुरा वह कहाँ पोखुँ
छचल्किएर बग्छ आँसु कसरी म रोकुँ
बिसु्र भन्दा उनकै याद आउँछ घरि-घरि
विति गाका दिनहरु याद आयो फेरि ।
Get free blog up and running in minutes with Blogsome
Theme designed by Alex King



Create a playlist at MixPod.com